
Pandhraun Chuli (पन्ध्रौं चुली): शिरवरम - Paperback
Pay over time for orders over $35.00 with
Offers & Perks
Earn 18 points with this purchase
Added to your rewards balance after checkout.
100 points welcome bonus
Create an account and start with extra points.
सगरमाथाको चुली चुम्नु धेरैका लागि कल्पना र थोरैका लागि यथार्थ हो । खिमलाल गौतमले दुई पटक सगरमाथाको चुली चुमेका छन् ।
नेपालमा पर्यटन प्रवर्द्धन गर्न २०६८ सालमा पहिलो पटक शिखर यात्रा गरेका उनी दोस्रो चोटि भने सरकारको कार्यक्रमअन्तर्गत २०७६ सालमा उचाइ मापनका लागि सर्वेक्षण गर्न गएका थिए । सामान्य आरोहीका लागि चुचुरोमा पुगेपछि लक्ष्य पुरा हुन्छ । तर उनको टोलीका लागि लक्ष्य सुरू भएको थियो । सर्भेयर नै शिखरमा पुगेर सगरमाथा सर्वेक्षण गरिएको यो संसारकै पहिलो कीर्तिमान हो ।
पन्ध्रौं चुली साहस, जोखिम र सङ्घर्षको यात्रा-कथा हो, जहाँ लेखकले आरोहणका क्रममा मृत्युलाई नजिकबाट देखेका छन् । उनलाई मृत्युले छोएर जान्छ; लिएर जाँदैन । यो यात्रा कथा मात्र होइन, सगरमाथा आरोहणको इतिहास पनि हो, जसले सगरमाथा सम्बन्धमा नयाँ तथ्य पनि उद्घाटित गर्छ ।
Free shipping on orders over $75. Standard shipping takes 3-7 business days. Returns accepted within 30 days of purchase.
